संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत पर्ने चारवटा जिल्ला मध्ये तराई प्रदेशमा पर्ने एक कञ्चनपुर जिल्लाको दक्षिणी विभागमा अवस्थित पुनर्वास न.पा. रहेको वडा नं.३,रामबस्तीमा रहेको श्री गोरखा आधारभूत विद्यालय २०३७ साल फाल्गुन ५ गतेको शुभ दिनमा गाउँको मध्य भागमा स्थापना भएको हो। तत्कालिन श्री ५ को सरकारले नेपाल पुनर्वास कम्पनीद्धारा विभिन्न भागहरुबाट बाढी पिडीत तथा सुकुम्बासीहरुलाई व्यवस्थित रुपले बसोबास गराउनका निम्ति जंगल फडानी गरी वि.स.२०३६ सालमा जनमत संग्रहको परिणाम पछि लगत्तै यस पुनर्वास क्षेत्रमा बस्ती बसालिएको थियो ।त्यसैको फलवरुप देशका विभिन्न जातजाति ,धर्म र संस्कृतिका जनसमुदायको वासस्थान रहेको पाइन्छ । वि.स.२०३७ सालमा गाउँमा बुद्धिजिवी शिक्षाप्रेमी सामाजिक कार्यकर्ता तथा गाउँका सबै तह र तप्काका समुदायको शिक्षा प्रतिको सकारात्मक दृष्टिकोण तथा सशक्त प्रयासको फलस्वरुप विद्यालय स्थापना गरि अध्यापन कार्य सञ्चालन गर्न भू.पू.विद्यालय समिति अध्यक्ष एवं संस्थापक श्री क्षेत्र बहादुर लामाको सक्रियतामा अध्ययन र अध्यापन कार्य सञ्चालन भएको थियो । प्रारम्भमा ३२ जना विद्यार्थीहरु भर्ना भएको यस विद्यालयमा हाल जनसंख्या र जनचेतना कारण तथा अन्य स्थानबाट बसाईसराई गरी यस क्षेत्रमा आउने कार्य निरन्तर रुपमा भईरहेकोले वि.स.२०६५।०६६ को समयमा विधार्थी संख्या उल्लेख्य मात्रामा रहेको देखिन्छ ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।